शेयर बजार घट्यो, बैंकिङ क्षेत्रको उपसूचकमा सुधार
११ माघ २०८०, बिहीबार १५:१६

काठमाडौं । शेयर बजार आज ३।९४ अंकले ओरालो लागेर २०८४।०९ को विन्दुमा कायम भएको छ ।सूचीकृत ३०४ कम्पनीको १ करोड १६ लाख ८९ हजार ९ सय ५५ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ७६ करोडको शेयर कारोबार भएको छ ।
दोस्रो त्रैमासको वित्तिय विवरण आएपनि घटेको शेयर बजार आज झिनो अंकले उचालिएको छ। बैंकिङ सूमहको इन्डेक्स ०।१९ अंकले बढेको छ ।विकास बैंक र फाइनान्सको इन्डेक्स ०।१४ प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै, म्युचुअल फण्डको ०।०८ र टेडिङ्गको उपसूचक०।५२ अंकले उचालिएको छ ।
आज सूचीकृत ९१ कम्पनीको शेयर मूल्य बढोत्तरी रहेको छ भने १४१ कम्पनीको शेयर मूल्य ओरालो लागेको छ।











