सपोर्ट लघुवित्तको नाफामा उछाल, घट्यो खराब कर्जा, कस्ता छन् अन्य सूचक ?

१२ माघ २०८०, शुक्रबार १०:४९

काठमाडौँ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको मुनाफामा उछाल आएको हो ।

पुष समान्तसम्ममा कम्पनीको मुनाफा ८६ लाख ४२ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा २४६.९२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा २४ लाख ९१ हजार रुपैयाँमा सिमित रहेको थियो ।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ५.३८ प्रतिशतले घटेर २ करोड २९ ालख ८६ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३ करोड १० लाख ६० हजार रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीको संचालन नाफा ७२ लाख ४ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको भन्दा ११३.८३ प्रतिशतले बढी हो । गत आवको सो अवधिमा भने कम्पनीको संचालन नाफा ३३ लाख ६९ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी ९ करोड ५२ लाख ३८ हजार रुपैयाँ, जगेडा कोष ०.३४ प्रतिशतले बढेर ५ करोड ४० लाख रुपैयाँ, खराब कर्जा ३.५३ प्रतिशतबाट घटेर १.५४ प्रतिशत रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ १५ पैसा र प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ७९ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*