श्री डिष्टिलरीले प्रिमियममा आइपीओ निष्कासन गर्ने

१२ माघ २०८०, शुक्रबार ११:४६

काठमाडौँ । श्री डिष्टिलरी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रिमियम थप गरेर आइपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पारितका लागि फागुन ४ गते एभोकाडो क्याफे प्रालि, बालुवाटार, काठमाडौँमा दिउँसो २ बजे बस्ने गरी साधारण सभा बोलाइको छ ।

सभामा गत आर्थिक वर्षको नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*