उन्नती सहकार्य लघुवित्तमा रोजगारको अवसर, के–के चाहिन्छ योग्यता?
१४ माघ २०८०, आईतवार ११:४३

काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले विभिन्न पदको अधिकृत तथा सहायक श्रेणीमा ११ जना कर्मचारीको लागि आवेदन खुलाएको हो ।
कम्पनीले वरिष्ठ अधिकृत तथा वरिष्ठ अधृकृत (आइटी), अधिकृत, कनिष्ठ अधिकृत, वरिष्ठ सहायक प्रशिक्षार्थी तथा वरिष्ठ सहायक पदमा कर्मचारी माग गरेको छ ।
सूचनामा तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित १५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय वा ईमेल ठेगानामा आवेदन दिन सक्नेछन् ।












