गुडविल फाइनान्सको अध्यक्षमा दिलीप कुमार मुनकर्मी
१५ माघ २०८०, सोमबार १८:११

काठमाडौं । गुडविल फाइनान्सको अध्यक्षमा दिलीप कुमार मुनकर्मी चयन भएका छन्। कम्पनीको साधारण सभा पश्चात नव नियुक्त संचालक सहित बसेको पहिलो संचालक समितिको बैठकले मुनकर्मीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
सभाले संस्थापक समुहबाट दिलीप कुमार मुनकर्मी र जेनी कोशी तथा सर्वसाधारण समुहबाट पशुपति भक्त श्रेष्ठ र उदयश्वर श्रेष्ठ सर्वसम्मत संचालक चयन भएका हुन् ।
नयाँ संचालक समितिको बैठकले मुनकर्मीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।











