अप्पर सोलु हाइड्रोको मुनाफाबाट छलाङ, विद्युत बिक्री आम्दानी र प्रतिसेयर आम्दानी पनि बढ्यो

१६ माघ २०८०, मंगलवार १०:३२

काठमाडौँ । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा ४७.९० प्रतिशतले बढेर ८ करोड ३९ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले विद्युत बिक्री मार्फत ४२ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.९४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको बिद्युत बिक्री आम्दानी ४० करोड ८६ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा ४.२६ प्रतिशत बढेर ३८ करोड ७९ लाख रुपैयाँ पुगेको छ । भने अन्य आम्दानी १९.५३ प्रतिशत घटेर १६ लाख ८९ हजार रुपैयाँमा सिमित भएको छ ।

पुष मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी आम्दानी ४ रुपैयाँ ३ पैसा बढेर १२ रुपैयाँ ४३ पैसा र प्रतिसेयर नेटवर्थ ९९ रुपैयाँ ८६ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*