जाल्पा सामुदायिक लघुवित्तका सेयरधनीहरुको हात रित्तो
१७ माघ २०८०, बुधबार १०:२१

काठमाडौँ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९।८० को नाफाबाट लाभांश वितरण नगर्ने भएको हो ।
कम्पनीको माघ १६ गते बसेको संचालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । संस्थाले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।











