मानुषी लघुवित्तको संचालक समितिको अध्यक्षमा शाक्य निर्विरोध चयन
१७ माघ २०८०, बुधबार १०:५१

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा पद्मासना शाक्य निर्विरोध चयन भएकी छिन् ।
कम्पनीको माघ १६ गते मंगलबार बसेको संचालक समितिको बैठकले अध्यक्षमा काठमाडौं महानगरपालिका वडा नम्बर १७ निवासी शाक्यलाई नियुक्ती गर्ने निर्णय गरेको हो ।
अध्यक्ष शाक्य पुस २८ गते शनिवार कम्पनीको विशेष साधारण संस्थापक शेयरधनीको तर्फबाट निर्वाचित भएका संचालकमध्येको एक हुन् ।











