कुमारी बैंकको साढे चार लाख कित्ता सेयर बिक्रीमा
१७ माघ २०८०, बुधबार ११:०४

काठमाडौँ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयर समूहको ४ लाख ५८ हजार १२४ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
कम्पनीले उक्त सेयरको न्यूनतम मूल्य भने खुलाएको छैन । उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (माघ १७ गते) ले ३५ दिन भित्र कुमारी क्यापिटल वा टंगालमा कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिन सक्नेछन् ।
साथै, तोकिएको अवधि भित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।











