युनाईटेड मोदीले हकप्रद शेयर निष्काशनको सूचना लुकाएर दुई दिनपछि मात्रै दियो नेप्सेलाई सूचना

काठमाडौं । युनाईटेड मोदीले हकप्रद शेयर निष्काशन गर्ने समाचार लुकाएर दुई दिनपछि नेप्सेमा जानकारी पठाएको छ।
कम्पनीले माघ २२ गते बसेको बैठकले हालको चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव साधारणसभामा पेश गर्न स्वीकृती दिएको जानकारी आयोगको माघ २२ गतेको २२२ औ बैठकको निर्णय आघ २४ गते अर्थात आज मात्रै नेप्सेमा सूसूचीत गरेको छ।


कम्पनीको सेयर मूल्यमा प्रभाव पार्ने सूचना ढिला जानकारी गराएको छ । शेयर बजारमा प्रभाव पार्न ढिला अपडेट गरेको भए कम्पनीको शेयर कारोबार रोकर नेप्सेले सपष्टीकरण लिने व्यवस्था रहेको छ।
नेप्से आफै यस बिषयमा अपडेट नभएको भन्ने बुभिएको छ । हकप्रद सेयर निष्कासन प्रस्ताव गरेपछि कम्पनीको सेयर मूल्य आज बढेको छ ।
नेप्सेका सूचना अधिकारी मुरहरी पराजुलीले शेयर बजारमा प्रभाव पारेको भए कम्पनीसँग सपष्टीकरण सोधिने बताएका छन् ।











