भौतिक पूर्वाधारमन्त्री ज्वालालाई ७ दिनभित्र संसदमा आएर प्रष्टीकरण दिन निर्देशन

६ फाल्गुन २०८०, आईतवार १२:५२

काठमाडौँ । सभामुख देवराज घिमिरेले बालकुमारी घटनाका सम्बन्धनमा संसदमा उठेको प्रश्नको जवाफ दिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई निर्देशन दिएका छन् ।

आइतबार बसेको संसद् बैठकमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले संसद् बैठक अवरुद्ध गर्दै मन्त्री ज्वालालाई तत्काख बर्खास्त गर्न माग गरेका थिए । एमाले र रास्वपाको मागपछि सभामुख घिमिरेले रुलिङ गर्दै ७ दिनभित्र संसदमा उपस्थित भएर जवाफ दिन भनेका हुन् ।

बालकुमारी घटनामा मन्त्री दोषी रहेको भन्दै सांसदहरूले राजीनामा दिन माग गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*