नेपालपे क्यूआरबाट सेल्सबेरीमा भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक

काठमाडौँ । अब ग्राहकहरुले नेपालपे क्यूआरस्क्यान गरी सेल्सबेरीमा भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम १०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । उक्त अफर नेपाल भरी रहेका सम्पूर्ण सेल्सबेरीको स्टोरहरुमा फागुन ५ गतेबाट फागुन २० गतेसम्म उपलब्ध हुनेछ ।
उक्त अफरमा ग्राहकहरुले सेल्सबेरीको स्टोरमा सामान खरिद गर्दा स्टोरमा रहेको Dynamic क्यूआर स्क्यान गरी भुक्तानी गरी प्रति दिन एक कारोबारमा क्यासब्याक प्राप्त गर्न सक्नेछन् भने अफर अवधिभरि ३ पटक सम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् । ग्राहकले आफूसँग भएको कुनै पनि वाणिज्य बैंक, प्राय जसो विकास बैंक र फाइनान्स कम्पनीहरुको मोबाइल बैंकिङ्ग, वालेटहरु वा कनेक्टआईपीएस प्रयोग गरी नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।
नेपालपे क्यूआर नेशनल पेमेन्ट स्वीच अन्तर्गतक्यूआर भुक्तानीलाई एप वा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने नेपाल–क्युआर स्ट्याण्डर्डको पूर्वधार हो । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले नेपालपे क्यूआरमा ४ लाख ६५ हजार र स्मार्ट क्यूआरको २ लाख ५० हजार समेत गरी ७ लाख १५ हजार भन्दा बढि मर्चेन्टहरु आबद्ध गरेका छन् ।












