पछिल्लो ६ महिनामा अध्ययनका लागि कुन देशमा कति गए विद्यार्थी ?
१० फाल्गुन २०८०, बिहीबार १२:३१

काठमाडौँ । पछिल्लो समय वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीहरुको संख्या वृद्धि भइरहेको छ । चालु आर्थिक वर्षको ६ महिनामा विदेशमा अध्ययनका लागि ८५ हजार ७५ जना विद्यार्थी बाहिरिएका हुन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार अध्ययका लागि सबै भन्दा बढी विद्यार्थी अष्टे«लिया बढी जाने गरेका छन् । चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा अष्टे«लिया १९ हजार ३२ जना विद्यार्थी अध्ययनका लागि गएका छन् ।
समिक्षा अवधिमा क्यानडामा १८ हजार ४४९ जना, जापानमा ११ हजार ५१४ जना र अमेरिका ७ हजार ३०८ जना विद्यार्थी अध्ययनका लागि गएका हुुन् ।
आ.व.२०८०।०८१ को NOC को अर्धवार्षिक विवरण (1)











