नागरिक उड्ययन प्राधिकरणमा ९८ जनालाई रोजगारको अवसर

११ फाल्गुन २०८०, शुक्रबार ०८:२०

काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणले विभिन्न पदमा ९८ जना कर्मचारी माग गरेको छ । प्राधिकरणले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त माग गरेको हो ।

प्राधिकरणले उपनिर्देशकदेखि सहायक पदसम्म कर्मचारी माग गरेको हो । तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आवश्यक कागजातसहित अनलाईन मार्फत आवेदन दिनुपर्नेछ ।

आवेदन दिने मिति चैत्र १ गतेसम्म तोकिएको छ भने दोब्बर दस्तुर तिरी चैत्र ८ गतेसम्म आवेदन दिन सकिनेछ । मिति सकिएपछि प्राप्त हुने शैक्षिक योग्यता, समावेशिताको प्रमाणपत्र, परिषद दर्ता प्रमाणपत्र, तालिम, अनुभव र सेवा अवधि मान्य नहुने प्राधिकरणले स्पष्ट पारेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*