किसानका तममा समस्यामा सरकार टुलुटुलु हेरेर बसेको छः सांसद ढकाल
१३ फाल्गुन २०८०, आईतवार १२:२७

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सरकारले पशु पालक किसानका समस्या समाधान गर्न नसकेको बताएका छन् ।
आज बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् । सांसद ढकालले किसानका तममा समस्यामा सरकार टुलुटुलु हेरेर बसेको भन्दै यस्तै अवस्था रहेमा किसानले पालेका पशु चौपाय सिंहदरबार र बालुवाटारमा लगेर हलिदिने चेतावनी दिएका छन् ।












