सरकारले बोलायो आन्दोलनरत मिटरब्याज पीडितलाई वार्तामा

१३ फाल्गुन २०८०, आईतवार १३:३६

काठमाडौँ। सरकारले आन्दोलनरत मिटरब्याज पीडितहरुलाई वार्तामा आउन आग्रह गरेको छ । गृह मन्त्रालयले आज वार्ताका लागि पत्र पठाएको हो ।

मिटरब्याज पीडितहरुले अहिले काठमाडौं केन्द्रीत प्रदर्शन गरिरहेका छन् । उनीहरु २३ दिन हिँडेर काठमाडौं आइपुगेका थिए । गृहले बढीमा ५ सदस्यीय वार्ता टोली गठन गरी छलफलका लागि मन्त्रालयमा उपस्थित हुन भनेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*