माथिल्लो मैलुङ खोलाका महा–प्रबन्धक प्रसाईले दिए राजिनामा
१४ फाल्गुन २०८०, सोमबार १०:०६

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडका महा–प्रबन्धक कांगडा प्रसाईले राजिनामा दिएका छन् ।
कम्पनीको फागुन १३ गते बसेको संचालक समितिको बैठकले प्रसाईले दिएको राजिनामा सोही दिनबाटै लागु हुने गरी स्वीकृत गर्ने निर्णय गरेको हो ।
साथै, बैठकले महा–प्रबन्धकको नियुक्ती नभएसम्मका लागि संचालक समितिको तर्फबाट संचालक सदस्य अजय कार्कीलाई महा–प्रबन्धकको अख्तियारी प्रदान गरिएको कम्पनीले जनाएको छ ।












