सरकारले हरेक कुरामा सुनेर पनि नसुने जस्तो देखे पनि नदेखे जस्तो गर्छः राजेन्द्र लिङ्देन
१४ फाल्गुन २०८०, सोमबार ११:२७

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले सरकारले हरेक कुरामा सुनेर पनि नसुने जस्तो देखे पनि नदेखे जस्तो गरेको बताएका छन् । संसदको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सरकारले मिटर ब्याज पिडित, दुध किसानको बक्यौता भुक्तानी, लघुवित्त पिडित र बालकुमारीमा दोषि मन्त्री राजीनामाको विषयमा मुकदर्शक भएको बताए । उनले भने, ‘सरकार किसानको पिडामा माथि हासि मजार गरी रहेको छ । अब हामीले संसद र सडकमा आउने बेला आउँदैछ ।’
यी तीन विषयमा सरकारले आउने बैठकमा ठोस निणर्य नदिए राप्रपाले सभा अवरोध गर्ने उनले बताए ।












