पूर्व मन्त्री र भुपु प्रधानमन्त्रीलाई जेल हाल्नुपर्छः अमरेश सिंह
१५ फाल्गुन २०८०, मंगलवार १४:५६

काठमाडौँ । प्रतिनिधि सभा सांसद अमरेश सिंहले पूर्व मन्त्री र भुुप प्रधानमन्त्रीलाई जेल सजाय हुनु पर्ने बताएका छन् ।
आज लेखा समितिमा अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगसँगकाे छलफल कार्यक्रममा सांसद सिंहले यस्तो बताएका हुन् ।
सांसद सिंहले देशमा ठुला भ्रष्टाचारीहरूले सबैतिर सेटिङ गर्ने गरेका बताउँदै अख्तियारले घुस खाने नेताहरू कारवाही नगरेकाेमा गुनासाे गरेका छन् । सांसद सिंहले अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगले नेता र मन्त्रीलाइ कहिल्यै जेल नहालेकाे बताए ।
सांसद सिंहले भ्रष्टाचार गर्ने सम्बन्धमा सरकार र प्रमुख प्रतिपक्षले मिलेर सेटिङ गर्ने गरेकाे आराेप लगाए । देशमा बढ्दाे भ्रष्टाचारकार कारण जनता बिदेश जान लाइन लागिरहेकाे सांसद सिंहले बताए ।












