एक तोला सुन किन्न एक लाख २६ हजार रुपैयाँ चाहिने
२८ फाल्गुन २०८०, सोमबार ११:०३

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा एक हजार रुपैयाँले बढेको सुन हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।
सोमबार छापावाला सुनको मूल्य एक लाख २६ हजार र तेजावी सुनको मूल्य एक लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी पनि आज स्थिर रहेको छ । चाँदी तोलामा एक हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको हो ।













