सानिमा रिलायन्स लाइफको गोधुली क्लवमा अभिकर्ताहरुको व्यापक सहभागिता

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ल्याएको गोधुली क्लव योजनामा हालसम्म धेरै एजेन्सी म्यानेजरहरु समावेश भैसकेका छन् । कम्पनीको विभिन्न शाखा कार्यालयमा आवद्ध रहेका अभिकर्ताहरुले योजना अनुसारको व्यवसाय गर्न सफल भएपश्चात गोधुली क्लवमा समावेश गरेको हो ।
गोधुली क्लव भन्नाले सानिमा रिलायन्स लाइफले अभिकर्ताहरुको ल्याएको एक प्रकारको व्यवसायिक योजना हो । जसमा समावेश हुनको लागि अभिकर्ताहरुले आर्थिक वर्ष २०८०।०८१ मा व्यक्तिगत कोेड अन्तर्गत २० लाख रुपैयाँ र टीम कोड अन्तर्गत ३० लाख रुपैयाँको व्यापार गर्नुपर्ने योजना रहेको छ ।
हालसम्म गोधुली क्लवमा कम्पनीका एजेन्सी म्यानेजर महेन्द्र कुमार श्रेष्ठ, मनिषा श्रेष्ठ, विजय गुरुङ्ग, तुल्सङ्ग लामा, राधिका पोखरेल, पार्वती तिवारी, सुवार रिजाल, बिकारु प्रसाद शाह, अम्बिका लिम्बु, गोपी सिंह साउद, मिनराज खत्री, विष्णु सुनार, दिपक वली, माया कुमारी बस्नेत, पुजा गुप्ता, रमेस कुमार रमदान, सुनिल कुमार झा, पुष्पराज उपाध्याय लगायतका अभिकर्ताहरुले सो क्लवमा समावेश हुन सफल भएका छन् ।
गोधुली क्लवमा समावेश भएका एजेन्सी म्यानेजरहरुलाई कम्पनीले पृथ्वी क्लव, अग्नी क्लव, अकाश क्लव र एमडीआरटीको लागि सफल हुन शुभकामना व्यक्त गरेको छ ।
साथै, कम्पनीको पृथ्वी क्लव र अग्नी क्लव योजनामा पनि अभिकर्ताहरुको सहभागिता रहेको छ ।












