जीबन बीमा आफैलाईः केहि भए घर परिवारलाई बरदान, नभए बुढेसकालमा लागि उपदान

सन्तोष आचार्य
२२ जेष्ठ २०८१, मंगलवार १५:३०

पछिल्लो समय वैदेशिक रोजगारीमा पलायन हुने क्रम बढ्दो छ । १८ वर्ष देखिका युवादेखि रिटायर्ड कर्मचारी र बुढापाका समेत विभिन्न उदेश्य राखी देश छोड्ने लर्को नै लागेको छ ।

केवल न्युनतम् एसईई पास भएकाहरु नेपालमै स्वरोजगार हुन बीमा अभिकर्ता पेशा एउटा अवसर हो । पुण्य र समाजको हित साथै राम्रै आर्थिक आम्दानीको स्रोत हुने बीमा अभिकर्ता पेशा पछिल्लो समय व्यवसायिक रुपमा फस्टाइरहेको छ । नेपालमै यति राम्रो भबिष्य हुँदा हुदै किन बेवास्ता गरेका छन् ? सुन्दा र देख्दा नि अच्चम लाग्छ ।

बाध्यता सबैको छ, केवल २०।२५ हजारको लागि पनि युवा शक्ति बिदेशी भूमिमा काकाकुल हुनुभन्दा स्वदेशमै परिवासँग रमेर बीमाको बिशेषज्ञ बनि आर्थिक साथै सामाजिक सेवासँग जोडिन आजको युवा जनशक्ति लगायत सम्पुर्ण नेपालीहरुमा ध्यानाकर्षण राखी मुख्य केन्द्रबिन्दुको पेशा अवलम्बन गरे देशले आर्थिक सुरक्षा साथै प्रत्येक परिवार को आर्थिक जोखिमको प्रत्याभुति जीबन बीमाबाट हुने हुँदा स्थायी आर्थिक अवस्था भइ देशले काँचुली फेर्ने कुरामा अब युवाहरुको ध्यान जानु आवश्यक छ ।

एक जना छिमेकी दाजुलाई कार्यालय छेउमा रहेको बैंकको गेटबाट निस्कदै गर्दा झयालको बार्दलीबाट देखे र बाहिर निस्केर कार्यालयमा बोलाए दाजु के कामले पाल्नु भयो ? दाजुको सटिक जवाफ छोरा र छोरी विदेश जाने रे ! इन्स्योरेन्स अनिवार्य रहेछ प्रत्येकको दुई लाख रुपैयाँ जम्मा गरेर आएको । अनि के के सुबिधा दिँदो रहेछ त त्यति धेरै तिर्दा भनेर सोध्दा , उत्तरमा उनले भने, ‘मलाई केहि थाहा छैन, कन्सल्टेन्सीले जम्मा गर्नु भन्यो मैले गरे ।’ नगरी प्रोसेस नै बढ्दैन अरे त्यहि भएर गरेको, के सुबिधा छन, केहि थाहा छैन ।

अनि सोचे, हामी नेपाली मासिक लगभग ३० हजार बीमा बापतको प्रिमियम तिरि धैरै पुरक करारको सुबिधा नेपाली कम्पनीले दिँदा पनि ५ लाखको बीमा गर्न पनि अघि नसर्ने दाई आज २ लाख – २ लाख गरि ४ लाख तिर्दा पनि मौन हुनुहुन्छ ?

आश्चर्य कुरा, त्यहि बीमा अभिभावकको कम बुझाइले पनि आज देशको सम्बृद्धि नेपालको परिकल्पनामा कता–कता ह्रास आएको हो कि भन्ने महसुस हुन्छ ।

मैले दाइलाई फेरि प्रति प्रश्न गरे, नेपालमा कम्तीमा ५–१० लाख बराबरको बीमा गरेर छोरा–छोरीलाइ पठाउनु भयो भने लगभग बार्षिक ३०–६० हजारसम्म जीवन बीमा हुन्छ । उनिहरुको अनुशाशित बचत हुन्छ । पछि नेपाल फर्कदा एक मुष्ट बीमाङ्क रकम र आर्जित बोनसले केहि ब्यापार ब्यवसायमा सहयोग गर्छ, भनेर सुझाव दिदा, भो–भो जीबन बीमाको कुरै नगरौ, पछि कुरा गरौ भनेर हतार छ भनि बिदा मागेर दाजु निस्केर हिँड्नुभयो ।

सरकारी निकायको अधिकृतस्तर भई जागिर खानुभएको दाजुको बीमाप्रतिको बुझाई यस्तो छ भने साधारण ब्यक्तित्वहरुले कसरी बीमालाइ लेलान् ? बीमा प्रतिको सकारात्मक ब्यबहारिक अवधारणालाई कसरी बुझाउनु यो आजको चुनौती रहेको छ ? बीमाबारे कतै हामी बुझेर त अबुझ बनेका छैनौ ।

भोलिपल्ट, बेलुका कार्यालय सकिएर घर फर्किदै गर्दा बाटोमा एक जना स्कुल पढ्दाको साथी अचानक भेट भयो र धेरै समयपछि भेट भएकाले गफ गरौन भनेर नजिकै को एक कफि घरमा छिरियो । कफि आउन केहि समय लागेकाले वेटर भाईसँग साथीले वाइफाई पासवोर्ड माग्यो र एक सेल्फी खिचेर फेसबुकमा पोस्ट्यायो । त्यतिकैमा एकजनाको स्टोरी क्लिक भयो, टिकटक रहेछ ‘इन्स्योरेन्समा काम गर्ने मान्छेसँग भेट भयो हैरान पार्छन’ भन्ने अभिनय गरिरहेको रहेको । आफु पनि बीमा क्षेत्रमा काम गर्ने व्यक्ति भएकाले मुसुक्क हाँसे ।

त्यति कैमा उसले थप्दै भन्यो, हो यार, बीमामा काम गर्ने सँग भेट्यो भने वाक्क लगाउछन्, बीमा भन हैरान नै पार्छन् । तर, मरे पछि डुमै राजा, के–को बीमा न सिमा, भन्दै अर्को प्रश्न तेस्र्यायो । साँची, यार त के मा पो काम गर्छस । अब, म अकमक्क परे । फेरि मलाइ पनि साथीले टिकटककै पात्र बुझ्ने हो कि भनेर टक्क रोकिएर उसको उतर त्यति खेर नै फर्काइन् । बरु उ जस्तो शिक्षित वर्गले बीमा प्रतिको नकारात्मक भाव कसरी आत्मसात गरेछ पहिला त्यो जान्ने इच्छा जाग्यो ।

उसलाइ मैंले प्रश्न गरे, साथी तिमीले बीमा गरेका छौ ? । उसले भन्यो ‘अ’ गरेको छु नि । २ लाख बिमाङ्कको । उसले जोड्दै भन्यो, एउटा छिमेकी दाइले बीमामा बारे जहिले गर्नु–गर्नु भनेर किचकिच गर्यो मैंले २ लाखको गरिदिए । त्यस्तै, १३ हजार जति वार्षिक बीमा बापतको प्रिमियम तिर्छु ।

उसलाई तिमी के गर्छौ भनेर मैले सोधे, उ एउटा कन्सट्रक्सन कम्पनी साथीहरु मिलेर ब्यबसाय चलाएका रहेछ । बैंकमा सम्पुर्ण कमाएको घर, जग्गा र पुर्खेली सम्पतिसमेत जम्मै धितो राखेर बैंकिङ ऋण व्यक्तिगत २ करोड रहेछ ।

दिनरात देशका बिभिन्न भागमा ठेक्का पट्टाको कामले हिडिराख्दो रहेछ । मासिक औषत ४ लाख जति कमाइ पनि हुदो रहेछ । मैंले उसलाइ भने तिम्रो जीवनको मुल्य केवल २ लाख पो । तिमीलाइ तलमाथि केहि परे जम्मा तिम्रो परिवारले दुर्घटना जोखिम सुविधा अनुसार ४ लाख सम्म पाउदो रहेछौ ।

अनि बैकमा ऋण धरौटीमा घर जग्गा सबै राखेर लिएका छौ । भोलि केहि भएमा ४ लाखले बैंकको ऋण भार तिर्न पुग्छ त ? पुरा परिवार त सडकमा आउँछन त, विचार गर त ? मैंले भने ।
मुख मनिलो बनाउदै मलाइ के हुन्छ र ? भन्दै स्वर अलिक ठुलो बनायो । हुन त को चाहि बिहान घरबाट निस्कदा आज दुर्घटनामा परिन्छ होला कि भनेर निस्केको हुन्छ र ?

फेरि अनलाईनबाटै थाहा पाएँ । सन्सारमा वार्षिक लगभग १४ लाख मानिस दुर्घटना को कारण मृत्यु हुदो रहेछ । अनि नेपालमा हरेक दिन लगभग १० जना मानिस दुर्घटना बाट मृत्यु हुदोरहेछ । अनि, औषत मानिसको मृत्युको कारण हेर्ने हो भने लगभग ४ नम्बर मा चाहि सडक दुर्घट्ना को कारण हुदो रहेछ ।

त्यस्तै सडक दुर्घट्नाबाट पुर्ण अशक्त भएर घरमा मुली भनेर कहलिएका अथवा घरमा कमाएर लिएर आउने जनशक्ति घरमै अरुको भरमा बाँच्नुपर्ने तथ्याङ्क पनि अदृश्य रुपमा उलेख्य रहेको छ । तर, मुख्य चुरो कुरो चाहि यसरी दुर्घटनामा परि पुर्ण अशक्त भएमा वा मासिक भत्ता १० वर्षसम्म बीमा कम्पनीले दिने गरेका छन र दुर्घटना भएर पुर्ण अशक्त भएपछि पनि बाकी अवधिको बीमितको बीमा शुल्क निःशुल्क गरिदिन्छन । यस्ता सुविधाहरुले दुर्घटनाबाट हुने बित्तिय क्षतिपूर्तिको न्युनिकरणलाई सहयोग पुर्याउन सकिन्छ ।

त्यति मात्र कहाँ हो नि ! कुनै–कुनै कम्पनीले त व्यक्तिगत दुर्घटना( एभचकयलब िब्अअष्मभलत ) भएमा त्यस बापतको हस्पिटल खर्च सुविधा पनि दिन्छन नि । काजकिरिया खर्च, शर्तहरुको अधिनमा रहि प्रदान गर्दछ ।

जीबन पछि पनि आफुसँग आश्रित रहने अन्य परिवारहरुको जीवन रहन्छ । हामीले बिचार नगरे कसले गर्छ त ! उ अचम्म पर्दै म तिर फर्किएर भन्यो, यति धेरै सुविधाहरु हुदा रहेछन, मलाइ त केवल बीमा गर्दा डबल आउछ अनि मरेपछि मात्र पाइन्छन् भन्ने मात्र थाहा थियो । मैले साथीलाई त्यतिबेला नै रोके, हेर साथी यदि कसैले बीमा गर्दा डबल–त्रिपल भनेर भन्छ भने सबै गफ हो ।

बीमाको प्रतिफल, बोनस यसको बोनस दर र बीमा अवधिले निर्धारण गर्दछ । तसर्थ, कम्पनीको बोनस यसको नाफासग जोडिएको हुन्छ । बिगतका कामको आधारमा नाफा र नोक्सान भन्न सकिन्छ तर भविष्यबारे भन्न सकिन्न । तसर्थ, कसैले ठोकुवा भन्छ भने चाहि त्यो मानिस जोतिषि हो कि भगवान । किनभने, आज हामीले हाम्रो १ कठ्ठा जमिनमा १०० मन धान फलायौ भने अर्को वर्ष १०० मन नै फल्छ भन्ने ग्यारेन्टी हुदैन । १०० मन भन्दा कम वा बेसी हुनसक्छ । जति हुन्छ भकारीमा लगेर राख्नुपर्दछ । तसर्थ, बीमाको बोनसदर पनि कम्पनीले आर्जन गर्ने प्रत्येक वर्षको नाफा र नोक्सानको फरकले भिन्न हुन सक्छ । बीमा प्राधिकरणबाट स्वीकृत लिई निश्चित बोनस दर दिने र कम्पनीको अन्य नाफा–नोक्सानी मा सहभागिता नजनाउने प्रोडक्ट केहि सीमित कम्पनिले सार्वजनिक गरेका पनि छन ।

साथी, बीमाप्रतिको ध्यानाकर्षण रहेकाले अझै थपे बीमाबाट मैले यति तिरे यति–उति पाउनेवाला छु वा पाउछु भन्नुभन्दा पनि भविष्य अनिश्चित छ, अनिश्चिततामा रहेको जोखिमलाइ निश्चिततामा बदलि बित्तिय जोखिम हस्तान्तरण गर्ने एक उपयुक्त उपकरण भनेर बुझ्दा प्रभावकारी होला ।

घरमा आम्दानी वा आय आर्जन गर्ने ब्यक्तिलाइ तलमाथि परे उसँग आश्रित परिवारको समबृद्धि परिकल्पना, बृद्द अवस्थामा पुग्दा आजको बचतले भविष्यको पेन्सन अनि आवश्यकता परे ३ वर्ष पछि बिना झन्झट, बिना अतिरिक्त शुल्क नतिरी न्यून ब्याजदरमा तुरुन्त पाइने ऋण सुविधा जस्ता सुबिधाहरूको समिश्रण भनेर नि बुझ्न सकिन्छ । यस्ता बीमाका कैयौ घतलाग्दो र जीवन उपयोगी बिशेषताहरु छन् ।
त्यस्तै, सम्पुर्ण बीमाहरुलाइ नियमन गर्ने राज्यको निकाय नेपाल बीमा प्राधिकरण छ, यो सातै वटा प्रदेशमा प्रादेशिक कार्यलयको स्थापना भैसकेको छ । कहि कतै, आफुलाई अप्ठ्यारो महशुस भएको हो कि भन्ने आशंका लागेका गएर सेवा लिन सकिनेछ । त्यस्तै सम्पुर्ण जीवन बीमा कम्पनी, बीमा ऐन अन्तर्गत स्थापित भएको हुनाले पैसा डुब्ने–भाग्ने भन्ने डर चाहि हुदैन । यसको सुक्ष्म अध्ययन, अनुसन्धान र नियमन नेपाल बीमा प्राधिकरणले गरेको हुन्छ । ढुक्क भएर नेपालमा दर्ता भएको जीवन बीमा कम्पनीमा मात्र गर्नुपर्दछ ।

साथीले एक्कासी भन्यो, यति धेरै सुविधाहरु रहेछन मेरो लागि त बीमा धेरै जरुरी रहेछ । मैले बीमा त मेरो जीवनको मुल्य अनुसार गरेको पो रहेनछु । अनि, केहि हुनै पर्छ भन्ने रहेनछ नि, यो एक अनुशासन रुपि बचत पो रहेछ भनेर उसले बीमाको मुख्य मर्म स्पर्शी बाक्य भन्यो । मैले त्यसमा फेरि थपे, साथी मरेपछि पनि हाम्रो संस्कारमा पितृ कार्य गर्न धन सम्पत्ति चाहिन्छ नि । आफ्नो परिवारको लालन पोषणको जिम्मेवारी चाहिन्छ नि ।

अब, उ बीमा गराउने सोचमा रहयो । मैले भने तिम्रो टिकटकको एक रमाइलो मात्र हो । मैले आफ्नो पेशागत परिचय दिए । म पनि जीवन बीमा कम्पनी मै काम गर्छु । साथीले हास्दै भन्यो, अघि नै किन नभनेको । मैले भने, त्यतिबेला सम्म तलाई बीमा बारे चेतना जगाउन ।

यी र यस्ता घटनाहरु हाम्रो समाजमा घटेका पाइन्छ । बीमाबारे नकारात्मक प्रचार र भ्रमले समग्र बीमा क्षेत्रबारे वितृष्णा फैलिन पुगेको छ । तसर्थ, बीमा बारे डबल, त्रिबल, यति बोनस–उति बोनस जस्ता शब्दहरु भन्दा बित्तिय ब्यवस्थापनको उपयुक्त उपकरण अनि बितिय जोखिमको हस्तान्तरण भन्दा उपयुक्त होला ।

बीमा बारे सत्य र यथार्थ जानकारी बीमा गर्ने बेला मै नगराईदा र बीमित स्वयम्को पनि सजकताको लापरबाहीले बीमाबाट प्राप्त हुने सुविधा उपभोग गर्दा दुवैको बुझ्ने र बुझाउने अनविज्ञताल%