बीमालाई शिरमा राखेर इमान्दारीताका साथ काम गर्न कर्मचारीहरुलाई अध्यक्ष सिलवालको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमालाई शिरमा राखेर इन्मान्दारिीताका साथ काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएको छ। नेपाल बीमा प्राधिकरणबाट ३० वर्षे सेवा अवधी पुरा गरेर बिदाई कार्यक्रममा अध्यक्ष सिलवालले यस्तो बताएका हुन् ।
त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक राजुरमण पौडेल, निवर्तमान निर्देशक दिनेश कुमार लाल, निवर्तमान उपनिर्देशक कुसुम शर्मा र निवर्तमान सहायक निर्देशक सुनिता कुमारी कार्कीलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै कदरपत्र र उपहार प्रदान गरेका छन् ।
साथै उनले संगठनको विकासको लागि कर्मचारीको सकारात्मक भूमिका आवश्यक अपरिकहार्य रहेको भन्दै कर्मचारीको वृद्धि र विकासमा अन्य नियामकले भन्दा बढी लगानी गरेको बताएका थिए । ‘कर्मचारीको विकास र विस्तारका लागि क्षमता अभिवृद्धिमा हामीले अन्य संगठनभन्दा बढी लगानी गरेका छौ । त्यस्को प्रतिफल आओस् भन्ने हामी चाहान्छौ, उनले भने ।
कर्मचरीको बाहिरी रुपले उसको व्यक्तित्व झल्कने भन्दा पनि क्षमताले उसलाई निर्खाने भन्दै यसतर्फ ध्यान दिए व्यक्ति र संस्था दुबैलाई केही दिन सक्ने हुँदा यसतर्फ कर्मचारीहरुले ध्यान दिनु आवश्यक रहेको बिषय सुझाएका थिए ।कार्यक्रममा ३० बर्ष बीमा प्राधिकरणको व्यतित गरेको तीन अवकास पाएका कर्मचारीहरुको योग्दान आफूले गर्न नसक्ने अध्यक्ष सिलवालले बताएका थिए ।

निवर्तमान कार्यकारी निर्देशक पौडेल यही २०८१ साल माघ १२ गतेदेखि र निवर्तमान निर्देशक लाल, निवर्तमान उपनिर्देशक शर्मा र निवर्तमान सहायक निर्देशक कार्की यही असार १ गतेदेखि ३० वर्षे सेवा अवधि पूरा गर्नुभई अनिवार्य अवकाश भएका छन् ।कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले निवर्तमान पदाधिकारीहरूको ज्ञान र अनुभव आगामी दिनमा पनि उपयोग गर्न र निरन्तर संवादका लागि आवश्यक व्यवस्था गर्न ध्यान दिइने बताएका छन् ।
अध्यक्ष सिलवालले संस्थाको हितमा ज्ञानको उपयोग गर्न, विज्ञताका आधारमा जिम्मेवारी निर्वाह गर्न र नेतृत्व विकासमा ध्यान दिन कर्मचारीहरूलाई आग्रह गरे ।प्राधिकरणलाई अब्बल दर्जाको नियामक निकाय बनाउन कर्मचारीहरूले सामूहिक रूपमा काम गर्नुपर्ने, उनले बताएका छन् ।
३० बर्षको सेवा अवधिसकेर बिदाईमा रह्न लागेका उपनिर्देशक दिनेशलाल कर्ण, निर्देशक कुसुम शर्मा र सहायक निर्देशक सुनिता कार्कीलाई आज प्राधिकरणले भव्य कार्यक्रम गरेर बिदाई गरेका छन् ।
त्यस्तै, कार्यक्रममा यसअघि बिदा भएका कार्यकारी निर्देशक राजुरमण पौडेललाई पनि सम्मान गरि सामूहिक बिदाई गरेको छ। बिदाई कार्यक्रममा तीन अवकास लिएका कर्मचारीहरुले आफनो पुरानो अनुभवहरु सुनाएका थिए ।













