बैदेशिक रोजगार म्यादी बीमा व्यवसायमा नियामकले र्याल चुहाउँदै, लघुबीमा कम्पनीको हिस्सा मिलाउन जबरजस्ती पुलमा

काठमाडौं । नेपालको बीमा सम्बन्धी नियामक निकाय आफै अनैतिक, भ्रष्ट मानसिकताबाट ग्रसित हुँदा सिंगो बीमा जगत अव्यवस्था र भद्रगोल अवस्थाबाट गुज्रदै छ । पछिल्लो पटक बैदेशिक रोजगार म्यादी बीमामा नियामक आफैले र्याल चुहाउँदै पुलमा राखेर कमिशनको हिस्सा खोज्ने प्रयास गरेको छ ।
अस्वस्थ्य प्रतिस्पर्धा रोक्ने नाममा नियामकका केही सीमित व्यक्तिहरुले लघुबीमा कम्पनीलाई फाइदाका लागि लघु बीमालाई पुलमा समावेश गर्न खोजिरहेका छन् । पछिल्लो पटक बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले सरकारले अनिवार्य गरेको बैदेशिक रोजगार म्यादी बीमालाई पुलमा लैजान दवाव दिइरहेका छन् । नमान्ने केही बीमा कम्पनीहरु तथा महत्वपूर्ण भूमिका खेल्न सक्ने कम्पनीलाई पुलको जिम्मा दिएर लघु बीमा कम्पनीहरुलाई समेत हिस्सा दिन खोजिएको छ ।
बैदेशिक रोजगार म्यादी बीमा अहिलेको सर्वाधिक मुनाफा हुने क्षेत्र हो । निर्जीवन प्रकृतिको बैदेशिक रोजगार म्यादी बीमा जीवन बीमा कम्पनीहरुले गर्दै आएका छन् । बीमा शुल्क फिर्ता गर्नु नपर्ने र जोखिममात्रै बहन गर्ने भएकोले यसलाई आकर्षक आम्दानीको रुपमा हेरिँदै आएको छ । बीमा प्राधिकरणले घुस सेटिङमा लाइसेन्स वितरण गरेको लघु बीमा कम्पनीहरुले अपेक्षित व्यवसाय गर्न नसकेपछि अध्यक्ष सुर्य प्रसाद सिलवाल जसरी पनि उनीहरुलाई आकर्षक मानिएको म्यादी बीमाको हिस्सा दिन मरिमेटेर लागि परेका छन् ।
यही बीचमा अर्को विवाद उब्जिएको छ । म्यादी बीमाको पुल म्यानेजर कसले पाउने भन्ने ? मुख्य कारण भनेको वैदेशिक रोजगारीको बीमा ‘पुल’मा बीमा गराउदा कसलाई म्यानेन्जर बनाउने भन्ने बिषय अहिले विवादको बिषय भनेको छ । यसअघि पनि चार जीवन बीमा कम्पनीहरुको असन्तृष्टीको कारण बन्द गराएको म्यादी बीमामा पुन विवाद देखिएको हो ।

म्यादी बीमाको लागि पुलमा जानलाई सबै जीवन बीमा कम्पनीहरु तयार देखिए पनि कसरी जाने भन्ने बिषयमा अझै जुटन नसकेको एक बीमा कम्पनीका सिईओले बताए । जीवन बीमक संघमा बिशेषत कुन बीमा कम्पनीलाई म्यानेजर अर्थात् सेटलमेन्ट कम्पनीको जिम्मेवारी दिने भन्ने विषयमा सहमती जुट्न नसकेको हो । कारण सबै बीमा कम्पनीलाई २ प्रतिशतको लोभको कारण तत्काल निर्णय गर्न नसकिएको एक जीवन बीमा कम्पनीका सिईओले बताएका छन् ।
जुन बीमा कम्पनीको म्यानेन्जर बन्छ । ती कम्पनीले अन्य कम्पनीभन्दा २ प्रतिशत बढी बीमाशुल्क लिन पाउने प्रावधान रहेको छ । सो कारण पनि जीवन बीमा कम्पनीहरुमध्ये कसले २ प्रतिशत बढी लिने भन्ने विवाद भित्रै देखिएको छ ।
म्यादी बीमा बापत आएको प्रिमियम कसरी बाडफाड गर्ने भन्ने बिषयमा कम्पनीहरुबीच सहमती भईसकेको छ । तर म्यानेजर को राख्ने भन्ने बिषयमा भने अझै विवाद नै देखिएको छ।
म्यानेजर बन्दा अरु कम्पनीले भन्दा दुई प्रतिशत बढी प्रिमियम पाइने भएपछि यतिखेर तीन ठूला जीवन बीमा कम्पनी बीच प्रतिस्पर्धा रहेको छ । जसको लागि बीमा प्राधिकरणले यो विवाद रोक्न दुई कम्पनीसम्मलाई म्यानेजर बनाउन समेत आग्रह गरेको छ ।
यसअघि पनि दुई प्रतिशत कमिसनको लागि चार वटा अलग अलग जीवन बीमा कम्पनी बीच तिब्र असन्तुष्टि बढेपछि पुल बाहिर रहेका कम्पनीको लबिइङमा २०७५ माघ १ गतेदेखि शुरु गरिएको पुलको व्यवस्था २०७९ साउन १ गतेदेखि पुलमा जाने विषय बन्द गराइएको थियो।
जीवन बीमक संघभित्रको विवाद यत्रतत्र छर्न थालिएको र यसले समस्या निम्त्याउन सक्ने भएपछि नियामक निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष नै यस समस्याको समाधानको हल खोज्नतर्फ लागेको देखिन्छन् ।
प्राधिकरणले पुलमा जान सकिने गरि कार्यविधि तयार समेत पारिदिएको छ। बीमा प्राधिकरणले कार्यविधि नै तयार पारिसकेको कारण बीमक संघलाई थप सहज हुने प्राधिकरणको भनाई छ । कार्यविधि तयार गरिसकेपछि प्राधिकरणले निर्देशन समेत दिईकसकोे छ ।
यति गर्दा पनि जीवन बीमक संघले निर्णय गर्न नसके प्राधिकरणले नै केही पहल गर्ने उनीहरुको धारणा रहेको छ ।












