सिटिजन्स बैंक इन्टरनेशनलको शेयरमूल्य समायोजन
२८ आश्विन २०८१, सोमबार १०:१३

नेप्सेले सिटिजन्स बैंक इन्टरनेशनलको शेयरमूल्य समायोजन गरेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असोज २९ गते बुकक्लोज गर्दैछ। यद्यपि, दशैँ बिदाका कारण बुकक्लोज अघिको अन्तिम कारोबार दिन असोज २३ गते रहेकोले नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले बैंकको ४ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात बैंकको शेयरमूल्य २४३ रुपैयाँ २७ पैसा कायम भएको छ। नेप्सेले असोज २३ गतेको अन्तिम कारोबार मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो। असोज २३ गते दोस्रो बजारमा बैंकको शेयर प्रतिकित्ता २५३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।












