२२१ कम्पनीको शेयरमूल्यमा हरियाली, चार वटामा सकारात्मक सर्किट
१३ कार्तिक २०८१, मंगलवार १५:०७

काठमाडौँ । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ४६.६९ अंकले बढेर २६९२.०५ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार बढेसँगै २२१ व्टा वटा कम्पनीको शेयरमूल्य बृद्धि भएको छ । जसमा चार वटा कम्पनीको शेयमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज सप्तकोशी डेभलपमेन्ट बैंक, सानिमा जिआइसी इन्स्योरेन्स, कुथेली बुखरी स्मल हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट लगायतका कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।













