शुक्रबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने
२० कार्तिक २०८१, मंगलवार ११:५९

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ । आगामी शुक्रबार अर्थात् कात्तिक २३ गतेदेखि विमानस्थल बन्द हुने भएको हो ।
विमानस्थलको धावनमार्गको कार्य क्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुने गरी ट्याक्सी वे बनाउन काम गर्नु परेकोले हरेक दिन १० घण्टा विमानस्थल बन्द हुन लागेको हो ।
विमानस्थलको धावनमार्गको क्षमता अभिवृद्धिका लागि दैनिक १० घण्टाका दरले काम गर्दा करिब पाँच महिना लाग्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाइ छ । यसका लागि लामो समय लाग्ने भएकाले नै कार्तिकदेखि नै काम थाल्न लागिएको प्राधिकरणको भनाइ छ ।













