मिथिला लघुवित्तको खुद नाफा ३५ प्रतिशत वृद्धि

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार गत आवको प्रथम त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा कम्पनीको खुद नाफा ३५.८० प्रतिशतले वृद्धि भएको हो।
गत वर्षको असोज मसान्तसम्म ७४ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको कम्पनीले यस वर्षको सोही अवधिमा १ करोड १ लाख रुपैयाँ नाफा गर्न सफल भएको छ।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि ४२.४६ प्रतिशतले बढेर ३ करोड ९३ लाख रुपैयाँ पुगेको छ। जुन गत वर्ष २ करोड ७६ लाख रुपैयाँ मात्रै थियो। कम्पनीको सञ्चालन नाफा पनि ६३ लाख रुपैयाँबाट बढेर १ करोड ८ लाख रुपैयाँ पुगेको छ। यससँगै कुल सञ्चालन आम्दानी ३ करोड ५२ लाख रुपैयाँबाट बढेर ४ करोड ६३ लाख रुपैयाँ पुगेको देखिन्छ।
समीक्षा अवधिमा कम्पनीको खराब कर्जा भने ४.६९ प्रतिशतबाट बढेर ५.१८ प्रतिशत पुगेको छ। कम्पनीको प्रतिशेयर आम्दानी २०.६३ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १७८ रुपैयाँ छ। कम्पनीको हाल चुक्ता पूँजी १९ करोड ६० लाख २ हजार रुपैयाँ छ भने जगेडा कोषमा १५ करोड २८ करोड रुपैयाँ छ।













[email protected]