प्रतिकित्ता १०२ रुपैयाँमा सिटिजन्स बैंकको ४ लाख कित्ता शेयर बिक्रीमा
२६ कार्तिक २०८१, सोमबार ०८:५३

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनी पदम केशरी श्रेष्ठको नाममा रहेको ४ लाख कित्ता शेयर बिक्रीमा राखेको हो।
उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछन् । बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०२ रुपैयाँ तोकिएको छ।
शेयर किन्न इच्छुक संस्थापकले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ। साथै तोकिएको म्यादभित्र संस्थापकबाट शेयर खरीदका लागि आवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ।












