नेपाल बैंक ८८औं वर्षमा प्रवेशः प्रविधि र विश्वासको अनवरत यात्रा

काठमाडौँ । नेपालको पहिलो आधुनिक वित्तीय संस्थाका रूपमा स्थापित नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ८८औं वर्ष प्रवेशको अवसरमा आफ्नो सेवालाई अझ गुणस्तरीय र प्रविधिमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। विसं १९९४ साल कार्तिक ३० गते स्थापना भएको यस बैंकले स्थापनाको लामो यात्रा तय गर्दै देशको बैंकिङ क्षेत्रमा अतुलनीय योगदान पुर्याउँदै आएको छ।
यस अवसरमा बैंकले आफ्ना ग्राहक, शेयरधनी, नेपाल सरकार, नियामक निकाय, र समग्र सरोकारवालाप्रति आभार प्रकट गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी, विश्वसनीय, र अत्याधुनिक सेवाहरू प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ।
ऐतिहासिक योगदान र मुलुकको बैंकिङ साक्षरता विकासमा भूमिका
नेपाल बैंक लिमिटेडले मुलुकमा बैंकिङ सेवा र साक्षरता विस्तारमा अग्रणी भूमिका निर्वाह गरेको छ। नेपाल राष्ट्र बैंकको स्थापना भन्दा पहिला नै बैंकिङ प्रणालीको विकासमा नेपाल बैंकले महत्वपूर्ण योगदान पुर्याएको छ।
विसं २०१३ सालसम्म नेपालमा केन्द्रीय बैंकको अभावमा यो बैंकले केन्द्रीय बैंकको जिम्मेवारी समेत वहन गरेको थियो। राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउन आवश्यक वित्तीय आधारशिला निर्माणमा यस बैंकले पुर्याएको योगदान सदैव स्मरणीय छ।
विकास र सहकार्यको प्रतीक
सरकार र निजी क्षेत्रको सहकार्यमा स्थापना भएको नेपाल बैंकले सहकारिता र साझेदारिताको अनुपम उदाहरण प्रस्तुत गरेको छ। बैंकको शाखा सञ्जालले ७१ जिल्लासम्म सेवा विस्तार गरी सहरदेखि गाउँसम्म वित्तीय श्रोत परिचालनमा अतुलनीय योगदान पुर्याएको छ।
बैंकले दूरदराजका क्षेत्रहरूमा समेत शाखा विस्तार गर्दै गाउँ(गाउँमा बैंकिङ पहुँच पुर्याएको छ। यो प्रक्रिया बैंकिङ सघनता विस्तारमा नेपाल बैंकको स्पष्ट प्रतिबद्धता हो, जसले राष्ट्रिय स्तरमा वित्तीय पहुँचको सुदृढीकरण गराएको छ।
प्रमुख विशेषताहरूः उच्च ब्याज, कम ब्याजदर कर्जा
नेपाल बैंकले निक्षेपमा उच्च ब्याजदर र कर्जामा न्यून ब्याजदर प्रदान गर्दै आएको छ। यस बैंकले न्यूनतम आधार ब्याजदर कायम राखी तुलनात्मक रूपमा अन्य बैंकहरूको तुलनामा कर्जामा पनि कम ब्याजदरमा सेवा उपलब्ध गराउँदै आएको छ।
यसको अतिरिक्त, अन्य बैंकहरूको भन्दा पृथक् पहिचानका रूपमा नेपाल बैंकले दुर्गम बस्तीहरूमा समेत बैंकिङ सेवा प्रवाह गरिरहेको छ।
आधुनिक प्रविधिमैत्री बैंकिङमा जोड
नेपाल बैंकले आफ्नो सेवामा प्रविधिमैत्री व्यवस्थाहरू लागू गर्दै आइरहेको छ। बैंकिङ क्षेत्रको असल अभ्यास र अन्तर्राष्ट्रिय मान्यताका आधारमा ग्राहकहरूको लागि सहज, सुरक्षित, र गुणस्तरीय सेवा उपलब्ध गराउन बैंकले डिजिटल बैंकिङ सेवाहरूलाई पनि प्राथमिकतामा राखेको छ।
यस अवसरमा बैंकले भविष्यमा ग्राहकमुखी सेवाहरूलाई अझ सुदृढ गर्दै, जिम्मेवार र जवाफदेही बैंकिङ सेवामा आफ्नो प्रतिबद्धता व्यक्त गरेको छ।
नेपाल बैंकले राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक जस्ता महत्त्वपूर्ण संस्थाहरूको स्थापना प्रक्रियामा सहयोग पुर्याउँदै आएको छ। त्यस्तै, निजी क्षेत्रको लगानीमा स्थापित बैङ्कमा संस्थापक शेयरधनीको रूपमा पनि सहभागी रहेको छ। यो सहकार्यले बैंकलाई थप सुदृढ बनाएको छ र राष्ट्रिय अर्थतन्त्रको विकासमा समेत सकारात्मक प्रभाव पारेको छ।
वर्षे यात्राः आरोह–अवरोहका अनुभवहरू
नेपाल बैंकले आफ्नो यात्रा क्रममा थुप्रै आरोह(अवरोह सामना गरेको छ। यो सुनौलो यात्रामा बैंकलाई साथ दिने सम्पूर्ण सरोकारवालाप्रति बैंकले आभार प्रकट गर्दै जिम्मेवारी र जवाफदेहिता थप बढाउने प्रतिवद्धता पनि व्यक्त गरेको छ। विगतका चुनौतीहरूलाई आत्मसात् गर्दै बैंकले आगामी दिनहरूमा अझ प्रभावकारी र ग्राहकमुखी सेवाहरू प्रवाह गर्ने लक्ष्य राखेको छ।
यस विशेष अवसरमा नेपाल बैंकले आफ्ना सेवाग्राही, सरकार, नियामक निकाय, कर्मचारी, र सम्पूर्ण साझेदारहरूलाई सम्मान गर्दै आगामी दिनमा अझ आधुनिक, सुदृढ, र विश्वसनीय बैंकिङ सेवा प्रवाहमा आफ्नो संकल्प व्यक्त गरेको छ।
आफ्नो परम्परागत पहिचानलाई कायम राख्दै नेपाल बैंकले आगामी दिनमा ग्राहकको आवश्यकता र चासोमा आधारित सेवा विस्तार गर्ने योजना बनाएको छ। बैंकले आर्थिक सुदृढीकरण र वित्तीय पहुँच विस्तारमा निरन्तर सेवा प्रदान गर्दै राष्ट्रको वित्तीय स्थायित्वमा सहयोग पुयाउँदै आएको छ ।












