विन नेपाल लघुवित्तका सञ्चालक पवनराज मास्केको पदावधि समाप्त

१४ मंसिर २०८१, शुक्रबार १०:०१

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र सञ्चालक पवनराज मास्केको पदावधि समाप्त भएको छ।

मास्के २०७७ मंसिर १३ गतेदेखि लागू हुने गरी चार वर्षे कार्यकालका लागि स्वतन्त्र सञ्चालक पदमा नियुक्त भएका थिए।

काठमाडौं जिल्लाको टोखा नगरपालिका वडा नम्बर १० स्थायी ठेगाना भएका मास्केको पदावधि मंसिर १३ गतेदेखि लागू हुने गरी समाप्त भएको कम्पनी सचिव जीवन खनालले जानकारी दिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*