चार महिनामा जीवन लघुबीमाको ब्यवसाय साढे ३० करोडमाथि, कुनको कति ?
१६ मंसिर २०८१, आईतवार १७:२७

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को चार महिनामा जीवन लघुबीमा कम्पनीहरुले साढे ३० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणको तथ्याङ्गका अनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तससम्ममा हाल संचालनका रहेका लघुबीमाहरुले ३० करोड ५७ लाख ९२ हजार रुपैयाँको ब्यवसाय गरेका हुन् ।
यस अवधिमा सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्न कम्पनीका गार्डियन माइक्रो लाइफ रहेको छ । कात्तिक मसान्तसम्ममा कम्पनीले ११ करोड ९० लाख रुपैयाँको ब्यवसाय गरेको हो ।

त्यस्तै, क्रेष्ट माइक्रो लाइफले ११ करोड १४ लाख र लिबर्टी माइक्रो लाइफले ७ करोड ५२ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेका हुन् ।













