अपाङ्गता विद्यालयलाई नेपाल लघुवित्त बैंकर्स संघको सहयोग

काठमाडौं । अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा नेपाल लघुवित्त बैंकर्स संघ समन्वय समिति अत्तरियाले गोदावरी-२, अत्तरियास्थित सु-प समावेशी आधारभूत अपाङ्गता विद्यालयलाई सहयोग प्रदान गरेको छ।
संघले विद्यालयका करिब ५० विद्यार्थी र शिक्षकलाई चिसोबाट बच्नका लागि कपडा, ब्लाङ्केट र फलफूल वितरण गरेको हो। संघका उपाध्यक्ष तथा नेशनल लघुवित्तका शाखा प्रमुख मनोज पण्डितले समाजमा सकारात्मक परिवर्तन ल्याउने यस्ता कार्यमा सहभागी हुन पाउँदा खुसी लागेको बताए।
कार्यक्रमका संयोजक तथा सुर्योदय वोमी लघुवित्तका शाखा प्रमुख दीपक महराले लघुवित्त संघको साझा प्रयासमा यो कार्यक्रम गरिएको र आगामी दिनमा पनि यस्ता सामाजिक गतिविधिलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।
उक्त कार्यक्रममा एनएमबी लघुवित्तकी शाखा प्रमुख तथा समितिकी कोषाध्यक्ष मनिषा चन्द, आशा लघुवित्तका गणेश प्रसाद भट्ट, नाडेप लघुवित्तका खड्क रोकाया र उमेश राज उपाध्याय सहितका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
विद्यालयकै सभाहलमा कार्यक्रमको आयोजना गरी सहयोग हस्तान्तरण गरिएको दिपक महराले जानकारी दिएका छन्।














