रुरु जलविद्युत् परियोजनाले हकप्रद शेयर निष्कासन प्रक्रिया अघि बढायो

२० मंसिर २०८१, बिहीबार ११:३४

काठमाडौँ। रुरु जलविद्युत् परियोजनाले शेयरधनीहरूलाई १ः०८ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ। यससँगै कम्पनीले हकप्रद शेयर निष्कासनका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई विकि प्रबन्धक नियुक्त गरेको हो।

कम्पनीको कार्तिक ११ गते सम्पन्न वार्षिक साधारण सभाले हकप्रद शेयर निष्कासनको निर्णय गरेको थियो। यस निर्णयको कार्यान्वयनका लागि कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले विकि प्रबन्धक नियुक्त गर्ने तथा आवश्यक सम्झौता गर्ने प्रक्रिया अघि बढाएको हो।

साथै, कम्पनीले आफ्नो Issuer Rating प्रक्रिया सम्पन्न गर्न इका नेपाल लिमिटेडसँग आवश्यक सम्झौता गर्ने निर्णय गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*