युएईमा नगदरासी सहित पहिलोपटक नेपाली कलाकार सम्मानित

काठमाडौँ । अन्तरास्ट्रिय नेपाली कलाकार समाज रस अल खैमाह युएईले आयोजना गरेको स्थानीय कलाकार सम्मान तथा बृहत साङ्गीतिक साँझ भब्यताका साथ सम्पन्न भएको छ । डिसेम्बर १ मा युएईमा उक्त कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो ।
कार्यक्रमको प्रमुख अतिथि इनास युएईका अधक्ष्य एमडी बोहरा र विशेष अतिथि नेपाली समाज युएईका अधक्ष्य बेद प्रसाद अर्याल, इनास युएईका पूर्व अध्यक्ष तथा इनास अभियन्ता राम तामाङ लगायत समाजसेवी व्यावसायि, खेलाडी, बुद्धिजीवी, पत्रकार विभिन्न संघ सस्था प्रमुखहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रम संकल्प चन्द ठकुरिको सभापतित्व र प्रकाश गुरुङ्गको सम्योजकत्वमा भब्य सब्य मर्यादित र ऐतिहासिक भएको थियो भने औपचारिक कार्यक्रम दिपक विष्टले र अनौपचारिक कार्यक्रम सूर्य कुमार बोहोरा र शुबास घिसिङले सञ्चालन गरेका थिए ।
ईनास क्षेत्रीय समिति रस अल खैमाह (युएई)ले नेपाली गीत सङ्गीतको संरक्षण तथा सम्वर्द्धन गरौँ भन्ने मुल मन्त्रका साथै यसरी १ दर्जन बढी स्थानीय कलाकारलाई सम्मान गरियको यो युएई मा पहिलो ऐतिहासिक कार्यक्रम हो ।

बैदेशिक रोजगारको सिलसिलामा सात समुद्रपारी रहेर पनि प्रबाशमा रहेका विभिन्न नेपाली संघ–सस्थाले आयोजना गर्दै आएका हाम्रो मौलिक सांकृतिक कार्यक्रमहरूमा निरन्तर गीत सङ्गीतको माध्यमबाट आफ्नो उत्कृष्ट प्रतिभा प्रस्तुत गर्दै कार्य ब्यस्तताका बाबजुद पनि नेपाली कला र संस्कृतिको जगेर्ना गर्न प्रवासमा रहेका होनहार स्थानीय कलाकारहरूले पु¥याउनु भएको अतुलनीय योगदानको उच्च मूल्याङ्कन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा आफ्नो बेजोड दम्दार प्रस्तुती दिई कार्यक्रम सफल बनाउन गायक संकल्प चन्द ठकुरी, सुर्य कुमार बोहोरा, प्रकाश गुरुङ, शैलेस बाबु, सुबास घिसिङ, बिकाश बिस्वोकर्मा, बाबुराम परियार, निरुता गैरे, रन्जिता कुवर, माया तामाङ, भक्त तुम्बा, ललित रावत, सन्तोष सापकोटा, यसोदा गजमेर, डान्सर उषा पौडेल, करुणा बम्जन , रुपा बिश्वकर्मा र क्यामरामा टेकु खत्रीको मुख्य भुमिका थियो ।













