एनएमबि बैंकलाई युएन वुमन एशिया प्यासिफिकको २०२४ डब्लुईपी अवार्ड

काठमाडौं । लैङ्गिक समानता र सामाजिक समावेशीकरण प्रवर्द्धन गरेकोमा एनएमबि बैंकले युएन वुमन एशिया प्यासिफिकबाट २०२४ डब्लुईपी अवार्ड प्राप्त गरेको छ। यो अवार्डले बैंकलाई युएन वुमनद्वारा मान्यताप्राप्त पहिलो नेपाली संस्था बनाएको छ।
युएन वुमन र युएन ग्लोबल कम्प्याक्टले कार्यस्थल, बजार र समुदायहरूमा महिला सशक्तिकरणका लागि स्थापना गरेका विश्वव्यापी मापदण्डहरू कार्यान्वयन गर्ने प्रयासमा एनएमबि बैंकले उत्कृष्ट प्रदर्शन गरेको हो। एसिया-प्यासिफिकका ६०० भन्दा बढी आवेदकमध्ये यो विशेष अवार्ड एनएमबि बैंकलाई प्रदान गरिएको छ।
एनएमबि बैंकले यो अवार्डले समावेशी र दीगो विकासका उद्देश्यप्रति अझ दृढ रहन प्रेरणा दिएको बताएको छ। बैंकले देशभर २०१ शाखा, १८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गरिरहेको छ।












