व्यास नगरपालिकामा क्रेष्ट माइक्रो लाइफको लघु जीवन बीमा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । तनहुँको व्यास नगरपालिकामा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको दमौली शाखाले एक सातासम्म विभिन्न शिक्षण संस्थाहरूमा लघु जीवन बीमा सचेतना कार्यक्रम सञ्चालन गरेको छ।
शाखा प्रबन्धक सुनिता थापाको नेतृत्वमा सम्पन्न कार्यक्रमले बीमाको महत्व र यसको आर्थिक सुरक्षामा हुने भूमिका विषयमा जानकारी प्रदान गरिएको कम्पनीले बताएको छ।
कार्यक्रममा ३०० जनाभन्दा बढी विद्यार्थी र शिक्षकहरूको उपस्थिति रहेको थियो। सहभागीहरूलाई बीमाको विशेषता, कम शुल्कमा उपलब्ध योजना, जीवनको सुरक्षा र बचतसँग जोडिएका फाइदाहरूबारे सरल र प्रभावकारी ढंगले जानकारी गराइएको कम्पनीले जानकारी दिएको छ।
शाखा प्रबन्धक थापाले बीमाको आवश्यकता र फाइदाबारे प्रस्ट्याउँदै यस्ता सचेतनामूलक कार्यक्रमहरू आगामी दिनमा पनि सञ्चालन गरिने बताइन्।
जन जागृति स्कूल, आदिकवि भानुभक्त क्याम्पस, महेन्द्रज्योति माध्यमिक विद्यालय, बालमन्दिर माध्यमिक विद्यालय, बाराही कलेज र इन्दु माध्यमिक विद्यालयमा कार्यक्रम सञ्चालन भएको थियो।













