सुनको मूल्यमा गिरावट, शुक्रबार प्रतितोला कति ?

२१ मंसिर २०८१, शुक्रबार १०:३१

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ६०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँ कारोबार भइरहेको थियो ।

यता, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८९० रुपैयाँमा कारोबार भइरहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*