अब कस्तो होला मोहन वैद्यको पार्टी ?

काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीमा दुई अंकको केन्द्रीय समिति बनाउन सुझाव आएको छ । मंसिर १४ गतेदेखि कीर्तिपुरमा चलेको समूहगत छलफलका क्रममा धेरैले ९९ सदस्यीय केन्द्रीय समिति बनाउन सुझाव दिएको बताइएको छ ।
केहीले १३१ सदस्यीय केन्द्रीय समिति बनाउन प्रस्ताव गरेको महाधिवेशन आयोजक समिति सदस्यहरुले बताएका छन् । महाधिवेशन आयोजक समिति सदस्य नारायण पंगेनीका अनुसार बिहीबार समूहगत छलफलको निष्कर्ष सुनाउने काम नसकिएकाले शुक्रबार बाँकी टोली नेताले निष्कर्ष सुनाएपछि संयोजक मोहन वैद्यले आएका सुझावको संश्लेषण गर्ने कार्यसूची छ ।
पंगेनीले निर्वाचन प्रक्रियामा कुनै फेरबदल नभएको उनले बताए । महाविधेनले केन्द्रीय समिति चयन गर्ने र केन्द्रीय समितिले पदाधिकारी छनोट गर्ने पुरानै प्रक्रिया अनुसार नै नयाँ कार्यसमिति आउने बताइएको छ । बन्दसत्रमा संयोजक वैद्यको मूल दस्ताबेजसहित १५ वटा प्रस्तावमा २० वटा समुहमा छलफल भएको थियो ।













