कीर्तिपुरमा कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । कुमारी बैंक लिमिटेडले यूएसएआईडीसँगैको साझेदारीमा ‘देशै भरि वर्षै भरि’ अभियानअन्तर्गत कीर्तिपुरमा महिला उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। महिला सशक्तिकरण केन्द्र, कीर्तिपुरसँगको समन्वयमा कार्यक्रम सम्पन्न गरिएको हो।
वित्तीय ज्ञान, सिप, मनोबृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिक रूपमा उद्यमशिलता प्रवर्द्धन तथा विकास हुने विश्वास सहित बैंकले वित्तीय उद्यमी प्रशिक्षण तथा पुस्तिका, कुमारीजी एप, सन्देश तथा सचेतनामूलक भिडियो र सन्देशहरू विकास गरी नियमित रूपमा प्रकाशन गर्दै आएको छ।
उद्यमी प्रशिक्षणबाट हरेक स्थानीय निकायमा रहेका उद्यमी सोचहरूको प्रवर्द्धन तथा विकासमा टेवा पुर्याउदै आर्थिक रूपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
कुमारी बैंकले देशभर रहेका ३०२ शाखा, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग इकाईहरूबाट अत्याधुनिक तथा प्रभावकारी बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ। साथै आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता समेत जनाएको छ ।












