नागरिक लगानी कोष र इर्खुवा हाइड्रो पावरबीच शेयर प्रत्याभूति सम्झौता

२३ मंसिर २०८१, आईतवार १५:५५

काठमाडौँ । नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पवर्त कुमार कार्की र इर्खुवा हाइड्रोका प्रबन्ध सञ्चालक विश्वेश्वर सुवेदीले आइतबार सम्झौतामा हस्ताक्षर गरेका हुन्।

यो सम्झौताअन्तर्गत, इर्खुवा हाइड्रोले प्रति सेयर १ सय रुपैयाँका दरले २८ लाख ५ हजार ७ सय ५० कित्ता सेयरको निष्कासन गर्ने छ, जसको कुल मूल्य २८ करोड ५ लाख ७५ हजार रुपैयाँ पर्छ। सम्झौतामा नागरिक लगानी कोषसँग सेयर प्रत्याभूति गर्ने व्यवस्था गरिएको छ।

सम्झौतामा उल्लेख गरिएको छ कि सम्झौतासँगै कोषले ६ महिनासम्मको अवधिमा इर्खुवा हाइड्रोका सेयर खरिद गर्नेछ। यदि सो अवधि भित्र सबै सेयर बिक्री नभएमा नागरिक लगानी कोषले बाँकी रहेका सेयर खरिद गर्नुपर्ने छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*