फेसबुकमा देखियो अनौठो समस्याः समय र मिति स्थानमा अनियमित अंक देखियो

२४ मंसिर २०८१, सोमबार ११:०५

काठमाडौँ । लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा सोमबार बिहानदेखि एक अनौठो समस्या देखापरेको छ। सामान्यतया पोष्ट भएको समय र मिति देखाउने स्थानमा अनियमित अंकहरू देखिएका छन्।

यो समस्या पेजहरू, व्यक्तिगत प्रोफाइल र साथीहरूको पोष्टहरूमा देखिएको छ। सामान्य समय मिति स्थानमा विभिन्न असम्बन्धित नम्बर र अक्षरहरू देखिनुले प्रयोगकर्ताहरूलाई अन्योलमा पारेको छ।

प्रयोगकर्ताहरूले यो समस्याबारे सामाजिक सञ्जालमै गुनासो गर्न थालेका छन्। केहीले यो समस्या प्लेटफर्मको प्राविधिक त्रुटि भएको अन्दाज गरेका छन् भने केहीले नयाँ अपडेट वा परीक्षणको संकेत हुनसक्ने अडकल गरेका छन्।

फेसबुकले यो समस्याबारे हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*