रौतहटमा स्कार्पियो दुर्घटना हुँदा ८ जनाको मृत्यु
२५ मंसिर २०८१, मंगलवार ०९:३६

काठमाडौं । रौतहटमा स्कार्पियो गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका–४ धन्सार पुल नजिकैको जङ्गलमा बा १६ च ३१६२ नम्बरको स्कार्पियो गाडीदुर्घटना भएको हो।
दुर्घटनामा परि कम्तिमा चार जना घाइते भएका छन्। मृतकको सनाखत गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।












