स्ट्यान्डर्ड चार्टर्ड बैंकको सीईओमा गोरख राणा नियुक्त, को हुन् उनी ?

२५ मंसिर २०८१, मंगलवार १०:२०

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओं)मा गोरखशमशेर राणा नियुक्त भएका छन् ।

हालका सीईओ अनिर्वाण घोष दस्तीदारको पदावधि सकिएसँगै राणाले नयाँ सीईओको जिम्मेवारी पाएका हुन् । बैंक स्रोतका अनुसार राणाले जनवरी २०२५ बाट सीईओका रूपमा जिम्मेवारी सम्हाल्नेछन् ।

राणा यो २०२२ को जनवरी १ मा यो बैंकको डेपुटी सीईओ नियुक्त भएका थिए । उनले सन् १९९४ मा स्ट्यान्डर्ड चार्टर्ड नेपाल बैंकमा रिटेल एन्ड प्राइभेट बैंकिङ विभागबाट काम शुरू गरेका थिए ।

त्यसपछि उनी सन् १९९६ मा कर्पोरेट एन्ड इन्स्टिच्युशनल बैंकिङ विभागमा गए । त्यसयता उनले रिलेसनसिप मेनेजर, सिनियर क्रेडिट मेनेजर, हेड अफ क्लाइन्ट कभरेजको जिम्मेवारी निर्वाह गरेका छन् । पछिल्लो समय उनी ग्लोबल बैंकिङ एन्ड कमर्सियल बैंकिङको प्रमुख थिए ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमा स्ट्यान्डर्ड चार्टर्ड ग्रिन्डलेज पीटीवाई लिमिटेड र स्ट्यान्डर्ड चार्टर्ड बैंक यूकेको कुल ७० दशमलव २१ प्रतिशत लगानी छ । त्यसमध्ये स्ट्यान्डर्ड चार्टर्ड ग्रिन्डलेजको ४६ दशमलव ८१ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंक यूकेको २३ दशमलव ४ प्रतिशत शेयर स्वामित्व छ । बैंकमा नेपाली सर्वसाधारणको २९ दशमलव ७९ प्रतिशत स्वामित्व रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*