एनएमबि बैंकको बैंकिङ्ग सेवा २४ घण्टा अवरुद्ध हुने
२५ मंसिर २०८१, मंगलवार ११:३८

काठमाडौँ। डाटा सेन्टर अद्यावधिक गर्नुपर्ने कारणले एनएमबि बैंकले आगामी मंसिर २८ गते शुक्रबार राति १०ः३० बजेदेखि मंसिर २९ गते शनिबार बिहान १०ः३० बजेसम्म आफ्ना सेवाहरू पूर्ण रूपमा अवरुद्ध हुने जनाएको छ।
बैंकका अनुसार सो अवधिमा कार्ड, एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, आईपीएस, र कल सेन्टर सेवा सञ्चालनमा नआउनेछ।
बैंकले डाटा सेन्टर अद्यावधिक गर्नु आफ्नो डिजिटल सेवा प्रणालीलाई थप सुदृढ र भरपर्दो बनाउने प्रयासका रूपमा लिएको छ।













