अदालतको आदेशले सबै करदातालाई म्याद थपको सुविधा

२५ मंसिर २०८१, मंगलवार १३:०६

काठमाडौँ । उच्च अदालत पाटनले सबै करदातालाई म्याद थपको सुविधा प्रदान गर्ने आदेश जारी गरेको छ। न्यायाधीश हेमन्त रावलको एकल इजलासले आन्तरिक राजस्व विभागको म्याद सम्बन्धी निर्णयलाई कार्यान्वयन नगर्न आदेश दिइएको हो।

गत असोज ७ मा आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै करदातालाई म्याद थप गर्ने सुविधा नदिने निर्णय गरेको थियो। यस निर्णयको विरोधमा अधिवक्ताहरू सृजना अधिकारी र शृंखला तिवारीले उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेका थिए।

निवेदकहरूले नेपालको संविधानका विभिन्न धाराहरू र आयकर ऐन, २०५८ को दफा ९८ अनुसार करदाताले म्याद थप गर्ने अधिकार राखेको उल्लेख गर्दै उक्त निर्णय असंवैधानिक, विभेदपूर्ण र करदाताको अधिकारमाथि कुण्ठा गर्ने भएको दाबी गरेका थिए।

उच्च अदालत पाटनको आदेशले करदाताहरूलाई म्याद थप गर्ने अधिकार प्रदान गर्दै आन्तरिक राजस्व विभागको उक्त निर्णयलाई अस्वीकार गरेको छ। अब करदाताहरूलाई आय विवरण पेश गर्ने म्याद थपको सुविधा प्राप्त हुनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*