लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर
२५ मंसिर २०८१, मंगलवार १८:१६

काठमाडौं। लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले विभिन्न जिल्लाहरूका लागि सेल्स एण्ड मार्केटिङ कार्यकारी पदमा दरखास्त आह्वान गरेको छ। कम्पनीले बाँकेको गुलरिया, गोरखा, कञ्चनपुरको महेन्द्रनगर, कैलालीको लाम्की र सुर्खेतको वीरेन्द्रनगरमा कार्यक्षेत्रका लागि योग्य उम्मेदवारहरू खोजिरहेको हो।
जसका लागि शैक्षिक योग्यता स्नातक तह उत्तीर्ण गरेको र वित्तीय संस्थामा विशेष गरी बिक्री तथा बजार व्यवस्थापनमा कम्तिमा १ वर्षको अनुभव भएको हुनुपर्नेछ ।
इच्छुक उम्मेदवारहरूले आफ्नो सीभीसहित पुष २ गतेभित्र [email protected] मा आवेदन पठाउनुपर्नेछ।














