अपुग कागजात पेश गरी दाबी भुक्तानी लिन एनएलजी इन्स्योरेन्सको आग्रह
२७ मंसिर २०८१, बिहीबार ०८:३१

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले असार मसान्तसम्म र असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण भएको क्षतिको लागि अपुग कागजात पेश गरी दाबी भुक्तानी लिन आग्रह गरेको छ।
विभिन्न समयमा पर्न आएको दाबीको निवेदनमा आवश्यक सम्पूर्ण कागजात पेश नभएपछि दाबी भुक्तानी प्रक्रिया अघि बढ्न नसकेको कम्पनीले बताएको छ।
कम्पनीले दाबीकर्ता बीमितलाई आवश्यक कागजात सहित सर्भेयर र कम्पनीमा सम्पर्क गरी दाबी भुक्तानी प्रक्रिया अघि बढाउन आग्रह समेत गरेको छ।













