सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?
२८ मंसिर २०८१, शुक्रबार १०:२५

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एकैदिन एक हजार २०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने सुन तोलामा एक लाख ५४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
यसदिन चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ ।













