‘ग्राहकको दैनिकिको सारथी सिटिजन्स बैंकको ‘भर्चुअल क्रेडिट कार्ड’, मोबाइलबाटै देशै भर चलाउन सकिने’

सिटिजन्स बैंक नेपालका प्रमुख बैंकिङ संस्थाहरू मध्ये एक आफ्नो ग्राहक केन्द्रित योजनाहरू र गुणस्तरीय बैंकिङ सेवाका लागि प्रख्यात छ । यस बैंकले ग्राहकहरूको आवश्यकता र सुविधा ध्यानमा राख्दै निरन्तर नवप्रवर्तन र सुधारका प्रयासहरू गर्दै आएको छ । बैंकिङ सेवालाई सरल, प्रभावकारी र ग्राहकलाई सन्तोषजनक अनुभव दिने उद्देश्यका साथ सिटिजन्स लागि रहेको छ । जसले गर्दा पनि सिटिजन्स बैंकले नेपालमा आफ्नो प्रतिष्ठा र विश्वासमा वृद्धि गर्न सफल भएको हो ।
२०२४ मा सिटिजन्स बैंकले ‘बैंक अफ द इयर’ पुरस्कार जितेको छ । जसले बैंकलाई निरन्तर उत्कृष्टता र गुणस्तरीय सेवामा दिन थप ऊर्जा र प्रेरणा प्रदान गरेको महसुस गरेका छौं । ग्राहकहरूको अपेक्षाहरू पूरा गर्दै गुणस्तरीय सेवा विस्तार गर्नु बैंकको आगामी लक्ष्य पनि हो ।
सिटिजन्स बैंकले आफ्नो सेवा प्रवाहलाई समय सापेक्ष बनाइ डिजिटल बैंकिङ, सरल प्रक्रिया र पहुँचयोग्य सेवामा आवश्यक अपडेट गर्दै आइरहेको छ । हामी यसको सफलता ग्राहकहरूको समर्थन र विश्वासलाई ठान्छौं । सिटिजन्स बैंकले ग्राहकलाई बैंकिङ सेवामा नयाँ अनुभव दिनको लागि डिजिटल कार्यलाई उतिकै प्राथमिकताका साथ अगाडि बढाइरहेको छ ।
जसको फलस्वरुप सिटिजन्सले आज भर्चुअल क्रेडिट कार्ड’ ल्याउन पनि सफल भएको छ । क्रेडिट कार्डको सुविधा अब मोबाइलबाटै ग्राहकले पाउन सकुन् भनेर ल्याएको यो कार्ड प्रतिको इनक्वारी बढ्दो छ ।
यस क्रेडिट कार्डले ग्राहकलाई डिजिटल बैंकिङ अनुभव प्रधान गर्नेछ । नेपालमा ग्राहलाई भर्चुअल क्रेडिट कार्डको सुविधा दिने सिटिजन्स बैंक पहिलो हो । जसले ग्राहकलाई परम्परागत क्रेडिट कार्ड बिना पनि डिजिटल रूपमा सुरक्षित र सहज भुक्तानी गर्न सक्षम बनाउँछ ।
यो सुविधा ग्राहकको दैनिकी जीवनलाई थप सरल र प्रविधिमैत्री बनाउने उद्देश्यले बैंकले ल्याएको हो । भर्चुअल क्रेडिट कार्डले ग्राहकलाई अनलाइन र अफलाइन दुवै किसिमका भुक्तानी गर्नका लागि अवसर प्रदान गर्दछ । यसको विशेषता भनेको कार्डलाई क्युआर कोडमार्फतबाट पनि चलाउन मिल्नु हो ।

देशै भर चलाउन मिल्ने
सिटिजन बैंकले यो कार्ड ल्याएसँगै अहिले राम्रो संख्यामा ग्राहकहरूले भर्चुअल क्रेडिट कार्ड लिइराख्नु भएको छ । छोटो समयमै यो कार्ड ग्राहकहरूकोबीचमा निकै लोकप्रिय बनेको महसुस गरेका छौं । भर्चुअल क्रेडिट कार्डले ग्राहकलाई सहज सेवा दिने भएकाले यस प्रति चासो बढेको हो । डिजिटल कारोबार देशमा बढी राखेको छ ।
आज डिजिटल भुक्तानीले प्राथमिकता पाइराख्दा मान्छेले क्यास बोक्नै छाडि सकेका छन् । खल्तीमा बोक्ने वालेट भन्दा आज मोबाइल बैंकिङ धेरै चल्न थालेको छ । साना किराना पसलदेखि ५ तारे होटलसम्म क्युआर कोडको प्रयोग फैलिरहेको छ ।
सिटिजन्स बैंकले यस कार्डलाई क्युआर कोड प्रणालीसँग मिलाएर यसको उपयोगिता बढाएको छ । यस कार्डको उपयोग गर्दा ग्राहकलाई कुनै पनि स्थानमा बिना रोकावट भुक्तानी गर्नका लागि सुविधा प्राप्त हुन्छ । यस कार्डको नारा बैंकले ‘अब क्रेडिट कार्ड जहाँ पनि चल्छ, जता पनि चल्छ’ राखिएको छ । जसले यसको विस्तारित पहुँच र लचिलो प्रयोगको संकेत गर्दछ ।
सिटिजन्स बैंकको भर्चुअल क्रेडिट कार्ड सबै वर्गका व्यक्तिहरूको लागि उपलब्ध गरिएको छ । यो कार्ड खासगरी मासिक तलब पाउने व्यक्तिहरूको लागि लाभकारी छ । तलबबाट पूरा गर्न नसकेका आवश्यकताहरूलाई यस कार्डको माध्यमबाट पूरा गर्न सक्छन् ।
भर्चुअल क्रेडिट कार्ड प्राप्त गर्नका लागि कागजातहरूको आवश्यकता पर्दैन । तर, हामीले यो कार्डका प्रयोगकर्ताहरूलाई उसको आम्दानी स्रोत अनुसार सीमा निर्धारण गरेर प्रयोगका लागि दिन्छौं । कार्डको सीमा २० हजारदेखि २ लाख ५० हजार रुपैयाँसम्म राखिएको छ । ग्राहकको आवश्यकता अनुसार सीमा तलमाथि गर्न सकिन्छ र ४५ दिनसम्म बिना ब्याजको भुक्तानी गर्न सकिन्छ । यदि यस समयावधिमा रकम फिर्ता नगरेमा बैंकले २ प्रतिशत ब्याज लिनेछ ।
सिटिजन्स बैंकको भर्चुअल क्रेडिट कार्ड विशेष रूपमा ग्राहकको सुविधा र सुरक्षा ध्यानमा राखेर डिजाइन गरिएको छ । फोन पेसँगको सहकार्यमा सञ्चालनमा ल्याइएको यो कार्ड सुरक्षाका हिसाबले पनि निकै मजबुद छ । सुरक्षाको हिसाबले पनि निकै उपयुक्त हुँदा ढुक्क साथ यो कार्डको प्रयोग गर्नसक्ने व्यवस्था बैंकले मिलाएको छ ।
नेपालमा क्यास लेस ट्रान्जेक्शनहरूको बढ्दो चलनले भर्चुअल क्रेडिट कार्डको महत्व अझ बढाएको हो । मानिसहरूले स्मार्टफोनको माध्यमबाट डिजिटल भुक्तानी गर्न प्राथमिकता दिइरहेका छन् । यसमा सिटिजन्स बैंकको भर्चुअल क्रेडिट कार्डले यस प्रवृत्तिलाई अझ सशक्त बनाएको छ ।
बैंकले यो कार्ड ग्राहकलाई मोबाइल बैंकिङ मार्फत पनि उपलब्ध गराएको छ । जसले गर्दा ग्राहकलाई कार्ड बोकी राख्नु पर्ने झन्झटबाट मुक्ति मिल्छ । यस कार्डलाई प्राप्त गर्न कागजातहरूको आवश्यकता छैन । बैंकमा फिक्स्ड डिपोजिट खाता खोल्ने व्यक्तिहरूले पनि यसको लाभ लिन सक्छन् । यो क्रेडिट कार्ड देशका जुन सुकै ठाउँमा चलाउन मिलने हुँदा ग्राहकको दैनिक जीवनमा थप सहज बनाउने विश्वास हामीले लिएका छौं ।

क्रेडिट कार्ड खोल्न बैंक खाता अनिवार्य
भर्चुअल क्रेडिट कार्ड निश्चित समयका लागि लिइने ऋणको एउटा प्ल्याटफर्म हो । यसले ग्राहकलाई अनलाइन र अफलाइन किनमेलमा नगदको आवश्यकता बिना भुक्तानी गर्न मिल्ने सुविधा दिन्छ । यो कार्ड सामान्य लोनको तुलनामा सानो रकमको ऋण हो । यो ऋण लिनको लागि डकुमेन्ट र धितो राख्नको आवश्यकता छैन । यस कार्डको सीमा ग्राहकको आम्दानीको आधारमा निर्धारण गरिन्छ । र, ४५ दिनसम्म बिना ब्याज चलाउन सकिने सुविधा हुन्छ ।
भर्चुअल क्रेडिट कार्डले ग्राहकमैत्री सेवा र उच्च सुरक्षा सुविधाहरूको संयोजन प्रदान गरेको छ । ग्राहकले आफ्नो दैनिक जीवनमा यो कार्डलाई वित्तीय व्यवस्थापनमा सहयोगी उपकरणको रूपमा प्रयोग गर्न सक्छन् । क्रेडिट कार्डको माध्यमबाट नेपाली बैंकिङमा एक नयाँ मानक सेट गरेको छ ।
यसले विशेष गरी ग्रामीण भेगका व्यक्तिहरूलाई क्रेडिट कार्डको अनुभव र यसको सदुपयोगको बारेमा शिक्षित गर्न मद्दत पुर्याउँछ । यो कार्डले नेपालका विभिन्न क्षेत्रहरूमा डिजिटल भुक्तानीको प्रवृत्तिलाई अझ सशक्त बनाउँछ ।
सिटिजन्स बैंकले १९७ शाखा र १६२ एटीएमका साथ देशभर उच्च गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ । यस बैंकको भर्चुअल क्रेडिट कार्डको लन्चले नेपाली ग्राहकलाई एक नयाँ वित्तीयको सेवा दिएको छ । जसले उनीहरूको दैनिकीलाई सहज बनाउँछ। बैंकले भविष्यमा यस कार्डमा थप नयाँ सुविधाहरू र प्रविधिहरू थप्ने योजना बनाएको छ । जसले ग्राहकलाई अझ बढी सुविधा र सन्तुष्टि बनाउने अपेक्षा लिएका छौं ।
सिटिजन्स बैंकको भर्चुअल क्रेडिट कार्डले आधुनिक प्रविधिको प्रयोगमार्फत नेपाली बैंकिङ क्षेत्रमा एक महत्वपूर्ण परिवर्तन पनि मान्न सकिन्छ । बैंकले यसलाई समयको माग र ग्राहकहरूको अपेक्षालाई ध्यानमा राखेर निरन्तर सुधार दिँदै जाने योजना बनाएको छ ।यस कार्डको माध्यमबाट सिटिजन्स बैंकले नेपाली ग्राहकलाई एक नयाँ र उन्नत बैंकिङ अनुभव दिने छ । यो सुविधा लिन भने सिटिजन बैंकमा खाता खोल्न अनिवार्य छ ।

सिटिजन्स बैंकको भर्चुअल क्रेडिट कार्डले बैंकिङ सेवाहरूलाई अझ प्रभावकारी, सुरक्षित र ग्राहकमैत्री बनाएको छ । ग्राहकहरूको आवश्यकतासँग मेल खाने सेवाको माध्यमबाट बैंकले नेपाली बजारमा आफ्नो स्थान मजबुत गरेको छ । भविष्यमा अझ सशक्त र अभिन्न सेवा दिनु सिटिजन्सको लक्ष्य हो ।
(सिटिजन्स बैंकका क्रेडिट कार्ड प्रमुख समिर अधिकारीसँग बीमापोष्टकर्मी दिपक विष्टले गरेको कुराकानीमा आधारित)












